१८ मंसिर २०७९, आईतवार
गण्डकी प्रदेश

पूर्वी नवलपरासी १ मा डा. शशांक कोइराला विजयी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १४:१९


८ मंसिर, नवलपुर । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला विजयी भएका छन् ।

बिहीबार सम्पन्न मत गणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारभन्दा २ हजार बढी मत ल्याएर विजयी भएका हुन् ।

कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थानमा थन्किएका छन् ।


364
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा