यी हुन् २०९ भन्दा कम मतले पराजित भएका नेता
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार २१:२७:४९
८ मंसिर, काठमाडौं । धेरै मतले हारजीत हुनुलाई स्वाभाविक नै लिन सकिएला । तर दुई सय कम मतले पराजय हुनु जति पीडा पराजित हुनेलाई मात्रै होला । यसपटकको निर्वाचनमा यस्तो दृश्य देखियो, जो तीन सयभन्दा कम मतले पराजित भए । रोचक त के भने, यी सबै विजयी उम्मेदवार फरक फरक प्रदेशका हुन् ।
लुम्बिनी प्रदेश
एमाले महासचिव शंकर पोखरेल जम्मा ११७ मतले मात्रै पराजित भए । दाङ(२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका ‘हेभिवेट’ उम्मेदवार पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग जम्मा ११७ मतले पराजित भएका हुन् ।
शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी प्रतिनिधिसभामा विजयी हुँदा पोखरेल २६ हजार ६ सय ८१ मत प्राप्त गरेर पराजित भए । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले दाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेका थिए । तर, उनै पोखरेललाई दाङवासीले पत्याइदिएनन् ।
बाग्मती प्रदेश
काठमाडौं १ मा रवीन्द्र मिश्रको अवस्था पनि त्यस्तै भयो । नेपाली कांग्रेसका प्रकाशमान सिंहले राप्रपाबाट उम्मेदवारी दिएका मिश्रलाई जम्मा १३२ मतले पराजित गरे । भावी प्रधानमन्त्रीको रूपमा आफ्नो दावी प्रस्तुत गरिरहेका सिंहले यसअघि पनि मिश्रलाई एक हजारभन्दा कम मतान्तरले पराजित गरेका थिए । सिंहले ७१ सय ४३ मत प्राप्त गर्दा मिश्रले ७०११ मत प्राप्त गरे ।
प्रदेश १
ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई झिनो मतान्तरले विजयी भए । उनले जम्मा २०८ मतले मात्रै आफ्ना प्रतिद्वन्द्वीलाई संघीय संसद् आउने बाटो रोकेका थिए । भट्टराईले २१९४३ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१७३५ मत मात्र ल्याए ।
मधेस प्रदेश
एमालेका राजकुमार गुप्ता पनि झिनो मतान्तरले मात्रै विजयी भएका छन् । गुप्ताले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १५१ मतले मात्र पराजित गरे । गुप्ताले २४२६० मत प्राप्त गर्दा चौधरीले २४०१९ मत ल्याए ।
कर्णाली प्रदेश
दैलेख २ मा नेपाली कांग्रेसका उम्मेदवारले एमालेका उम्मेदवारलाई जम्मा एक सय ३५ मतले हराए । कांग्रेसका दिक्पालकुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई एक सय ३५ मतले मात्रै पराजित गरेका हुन् । शाहीले २०१५८ मत ल्याउँदा निकट प्रतिस्पर्धी पोखरेल २०००५ मतमा सीमित भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने बाध्यकारी कानुन आउँदै
माघ १८, २०७९ बुधबार
सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत
पुष ३, २०७९ आइतबार
संसदमा दलित समुदायको प्रतिनिधित्व निरन्तर खुम्चिँदै
पुष १, २०७९ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार