१८ मंसिर २०७९, आईतवार

निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा : ओली

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १७:५८


८ मंसिर, सुरुङ्गा ‘झापा’ । नेकपा ‘एमाले’का अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ काे मतपरिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेकाे बताएका छन् ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा ‘एमाले’ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उनले बताए । यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्क गरे।


442
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा