१४ मंसिर २०७९, बुधबार

नुवाकोट १ (ख)बाट कांग्रेसका रमेश महत विजयी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १८:२८


८ मंसिर, नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य (ख)मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार महतले नेकपा (एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पराजित गरे । महतले १३ हजार सात सय २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन हजार ९२, जनता समाजवादी पार्टी नेपालका रामकृष्ण ढकालले तीन सय १७, हाम्रो नेपाली पार्टीका दिपेश ढुंगानाले नौ सय १६, राष्ट्रिय प्रजातनत्र पार्टी नेपालका केदारप्रसाद पौडेलले एक सय १५ मत प्राप्त गरेका छन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेशनका दिपेश राईले चार सय ६५, नेश्रलिष्ट पिपल्स पार्टी पिपल्स पार्टीका रमेश सुनारले ५९ र स्वतन्त्र उम्मेदवार डोलबहादुर घलेले एक सय ७८ मत प्राप्त गरेका छन् ।


351
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा