मकवानपुरमा बदर मत संख्या साढे ३१ हजार
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २२:३५:४७
१२ मंसिर, हेटौंटा । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं. १ मा ९१ हजार चार सय ८९ मत खसेको थियाे । जसमध्ये ४ हजार ५८ मत बदर भएको छ ।
यस निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा १ मा ४६ हजार दुई सय ३० मत खसेकोमा एक हजार छ सय ६३ मत बदर भएको छ । यही क्षेत्रको प्रदेशसभा २ मा ४५ हजार ८० मत खसेकामा पाँच सय चार मत बदर भएको छ ।
निर्वाचन क्षेत्र नं. २ मा ८६ हजार तीन सय एक मत खसेकोमा चार हजार एक सय दुई मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४५ हजार आठ सय ५३ मत खसेकामा एक हजार पाँच सय ९९ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४३ हजार तीन सय २९ मत खसेकामा एक हजार चार सय ९४ मत बदर भएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ प्रदेशसभा १ मा ४५ हजार ७५ मत खसेकामा एक हजार छ सय ९८ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४६ हजार १२ खसेका मतमा दुई हजार तीन सय ९५ मत बदर भएको छ ।
यस्तै, क्षेत्र नं २ मा ८६ हजार तीन सय ३८ मत खसेकामा चार हजार एक सय १४ मत बदर भएको छ भने प्रदेशसभाका लागि ८६ हजार ३३ मत खसेकामा पाँच हजार दुई सय ६६ मत बदर भएको छ ।
मकवानपुरमा यसपटकको निर्वाचनमा तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जनाले मात्र मतदान गरेका थिए । कार्यालयले निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहका एक सय २ वटा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार