१३ माघ २०७९, शुक्रबार

सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियुमा

प्रकाशित मिति :  १२ मंसिर २०७९, सोमबार २२:०६


१२ मंसिर, काठमाडौं । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ ।

स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ । सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानून बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ ।

उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नाम समेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।


208
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता