प्रदेश राजधानी दाङ नसार्न एमालेको माग
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २०:२७:२४
१८ मंसिर, बुटवल । नेकपा (एमाले)को रुपन्देही जिल्ला कमिटीले लुम्बिनी प्रदेश राजधानी दाङमा तत्काल नसार्न प्रदेश सरकारसँग माग गरेको छ ।
हाल बुटवल रहेको राजधानी दाङको भालुवाङ सार्न लागिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै एमालेले बिनापूर्वाधार राजधानी तत्काल दाङ नसार्न माग गरेको हो ।
सस्तो लोकप्रिययताका लागि भालुवाङ राजधानी सार्न थालिएको आरोप लगाउँदै एमालेले तत्काल राजधानी सार्ने काम रोक्न आग्रह गरेको छ ।
एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गरेर राजधानी सार्ने काम रोक्न माग गरेका हुन् । राजधानी भालुवाङ सार्ने तयारी स्वरुप सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले आपत्ति जनाएको हो ।
प्रदेशसभा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको अवस्थामा अहिले राजधानी सार्ने काम उचित नभएको भन्दै एमालेले प्रदेशमा बन्ने नयाँ सरकारले यसबारे काम गर्नुपर्ने जिकिर गरेको छ ।
प्रदेशका कर्मचारीहरु समेत तत्काल दाङमा राजधानी सार्न नहुने भन्दै विरोधमा उत्रिएका छन् । उनीहरुले पूर्वाधार तयार नभएकै कारण दाङमा राजधानी सार्दा सेवा प्रवाह र काम गर्न कठिन हुने बताउँदै आएका छन् । यसअघि सारिएका कतिपय मन्त्रालय स्थानीय तहका वडाका कार्यालयहरुमा कार्यालय राखेर सेवा दिने प्रयार गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार