अब रहेनन चर्चित फ्रान्सेली लेखक डोमिनिक लापियरे
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १९:२३:३
१९ मंसिर, एजेन्सी । फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उनी ९१ बर्षका थिए । उनका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् ।
“९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उनको निधन भएको छ, ” उनकी पत्नी डोमिनिक कोन्कोन–लापियरेले फ्रान्सेली पत्रिका वार–माटिनसँग आइतबार भनिन। जुलाई ३०, १९३१ मा चाटेलेलोनमा जन्मिएका लापियरेले अमेरिकी लेखक ल्यारी कोलिन्ससँग मिलेर लेखेका छ वटा पुस्तकको विश्वभर करिब ५ करोड प्रति बिक्री भएको थियो ।
सन् १९६५ मा प्रकाशित गैर–आख्यान यस पुस्तकमा नाजी जर्मनीले फ्रान्सेली राजधानीमा नियन्त्रण तथा आत्मसमर्पण गरेको र फ्रान्सिस फोर्ड कोपोला र गोर भिडालद्वारा रजत पर्दाको लागि अनुकूलित गरिएका अगस्त १९४४ सम्मका घटनाहरूको वर्णन गरिएको छ ।
सन् १९८५ मा कोलकाताका एक रिक्सा चालकले भोग्नुपरेको पीडाबारे लेखिएको उनको उपन्यास ‘सिटी अफ जोय’ भारतमा उनको सर्बाधिक पढिएको कृति हो । यसै कथामा सन् १९९२ मा प्याट्रिक स्वेज अभिनित र रोलान्ड जोफद्वारा निर्देशित एक चलचित्र रिलिज भएको थियो ।
लापियरेले आफ्नो रोयल्टीको ठूलो हिस्सा ‘सिटी अफ जोय’ बाट भारतमा मानवीय परियोजनाहरूमा सहयोग गर्न दान गरेका थिए । सन् १९८० को दशकको सुरुतिर कोलकातामा मदर टेरेसालाई भेट्न जाँदा उ’ले रोयल्टीबाट जम्मा भएको ५० हजार अमेरिकी डलर प्रदान गरेका थिए ।
सहयोग स्वीकार्दै टेरेसाले भनिन, “यदि यो सहयोगको उक्त थोपा ‘रकम’ नभएको भए आफ्नो अभियानका लागि ठूलो रकम ‘समुद्र’समेत जम्मा हुने थिएन ।” सन् २००५ मा लापियरेले मानवीय कार्यका साथै पाठकहरूको दानका कारण ‘२४ वर्षमा १० लाख क्षयरोगका बिरामीहरूलाई निको पार्न र कुष्ठरोग लागेका नौ हजार बालबालिकाको हेरचाह गर्न सम्भव भएको’ बताउका थिए ।
धाराप्रवाह बङ्गाली भाषा बोल्ने साहसी फ्रान्सेली उपन्यासकारले आफ्नो कृतिको बिक्री र ख्यातीबारे भने, “सबैभन्दा बढी बिक्री हुने लेखक भएर मात्र पुग्दैन । यसबाट प्राप्त हुने रकम सही काममा प्रयोग हुनु ठूलो कुरा हो ।” आफ्नो पुस्तकमा लेखिएजस्तै अन्यायहरूविरुद्ध न्यायका लागि सधैँ सङ्घर्ष गर्नुपर्ने र आवश्यक हुनेका लागि सधैँ सहयोग गर्नुपर्ने धारणा उनले राख्ने गर्थे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारी पछि १७ जना अस्पताल भर्ना
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार