नेयमारबाट बिरामी पेलेलाई स्वास्थ्यलाभको कामना
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २२:७:३६
२० मंसिर, दोहा । ब्राजिलका विख्यात फरवार्ड नेयमार डा. सिल्भा सन्टोस जुनियरले यहाँ जारी अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) विश्वकप फुटबल प्रतियोगितामा प्रतिद्वन्द्वी दक्षिणकोरियालाई ४–१ गोलले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि फुटबलका महान् खेलाडी पेलेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
ब्राजिलका लागि तीन पटक विश्वकप जितेका पेले श्वासप्रश्वासको सङ्क्रमणबाट मुक्त भएपनि अर्बुद रोगको उपचारका क्रममा हाल अस्पतालमा छन् । सोमबार साँझको खेलसकिएपछि ब्राजिलका खेलाडीले ८२ वर्षीय वृद्ध पेलेको तस्बिरसहितको ब्यानर बोकेर फोटो पत्रकारलाई पोज दिएका थिए । फोटो खिचाउँदै नेयमारले भने–“पेलेलाई के भइरहेको छ, भन्न कठिन छ, हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ, हामीलाई विश्वास छ हाम्रो यो विजयबाट उहाँलाई सहज महसुस हुनेछ ।”
साथै खेलाडी नेयमारले आफूलाई गोलीगाँठाको समस्या नभएको, आफ्नो उपचारमा संलग्न चिकित्सकहरूप्रति आभार व्यक्त गर्दै अर्को प्रतियोगिताका निम्ति आफू तत्पर रहेको बताए । आफ्ना ब्राजिली तथा अन्य प्रशंसकहरूलाई आश्वस्त पार्दै उनले खेलमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । ब्राजिलको जितसँगै उनका प्रशंसक एवम् समर्थकले ब्राजिललाई बधाई दिँदै हर्षोल्लासका साथ अद्भूत उत्सव मनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै
बैशाख २५, २०८१ मंगलबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार