२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या टुंगो लगाएको छ ।
बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेशसभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा )एमाले) ले पाएको छ ।
एमालेले प्रतिनिधि सभामा ३४ र प्रदेशसभामा ७० गरी १०४ सिट पाएको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ र प्रदेश सभामा ६४ सिट गरी ९८ सिट प्राप्त गरी दोस्रो स्थान पाएको छ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ सहित ४३ सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा १३ सिट पाएको छ। प्रदेश सभामा उसले उम्मेदवारी दिएको थिएन ।
यस्तै, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५ सिट पाएको छ । समानुपातिकतर्फको मत संख्याले ‘थ्रेस होल्ड’ सीमा कटाउन नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाउन सकेन । तर विभिन्न प्रदेश सभाहरूमा गरी उसले ९ सिट पाएकाे छ ।
नेमकिपा, राजमो, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी लगायत दलहरुले सिट प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा ९एकीकृत समाजवादी०ले विभिन्न प्रदेश सभाहरूमा ९ सिट पाएको छ।