पुल नहुँदा आवतजावत गर्न स्थानीयलाई सास्ती
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार २०:४३:४६
२२ मंसिर, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ ।
बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए ।
तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो । मुख्य बजारनजिकै हुँदा पनि बजारसम्म तरकारी पुर्याउने पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ । अधिकांश गाउँमा हरियो तरकारी बारीमा लटरम्म फलेका छन् । तरकारी बिक्री हुने मुख्य गुलरीयाहाट बजार हो । त्यहाँ जाने बाटो छैन । भनेको बेला डुङ्गा पाइदैन । काँक्रो, फर्सी, बन्दा, काउली लगायतको तरकारी टिपेर खेतमै थुपार्नु परेको बारबर्दिया–४ का किसान फक्लबहादुर सत्गौलाले बताए ।
रु १६ करोड ६८ लाख चार हजारमा बनेको पुल विसं २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त जब्दिघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असूल गरी जब्दिघाटमा नयाँ पुल निर्माण गर्न मङ्सिरभित्रै बोलपत्र खोलिने बर्दिया क्षेत्र नं १ का नवनिर्वाचित सांसद सञ्जयकुमार गौतमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
जानकी मन्दिरको झलक दिने आकर्षक प्रवेशद्वार
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
बैशाख ३१, २०८१ सोमबार
आज तोलामा तीन सयले घट्यो सुनको मूल्य
बैशाख ३१, २०८१ सोमबार
कठिनाइहरूबाट नडराउनुहोस् यी ५ काम गर्नुहोस्, जीवन परिवर्तन हुनेछ
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार