दोर्दीका किसान च्याउ खेतीतर्फ आकर्षित
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार १९:२५:२६
२२ मंसिर, लमजुङ । दोर्दी गाउँपालिकाका किसानहरू च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । उनीहरूले गाउँपालिकाको सहयोगमा व्यावसायिक रूपमा च्याउ खेती थालेका हुन् । परालको डल्लो बनाएर अँध्यारो कोठामा गरिने कन्ये च्याउको खेती गर्न किसानहरू आकर्षित हुन थालेपछि गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बीउ वितरण गर्न थालेको छ ।
गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक सहायक निराजन पौडेलका अनुसार मागका आधारमा कन्ये च्याउको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गर्न थालिएको हो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले किसानलाई च्याउ खेतीतर्फ आकर्षित बनाउन किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ वितरण गरिएको बताए ।
स्वास्थ्यका लागि निकै फाइदा हुने र आफ्नै गाउँघरमा उत्पादन गरी उपभोग गर्न सकिने भएकाले ग्रामीण भेगका किसानलाई च्याउको बीउ वितरण गरिएको उनले बताए । कतिपय किसानले यसअघि च्याउ खेतीसम्बन्धी तालिम पाइसकेका छन् । कतिपयले देखासिखीको आधारमा च्याउ खेती गर्न सकिने बताएका छन् ।
दोर्दी गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्र आधुनीतिकरण तथा व्यवसायिक परियोजनाअन्तर्गत विशेष अनुदान कार्यक्रम राखेको छ । यो कार्यक्रमबाट नयाँ व्यवसवाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत मह उत्पादन, माछापालन र च्याउ खेतीको तीनवटा कार्यक्रमका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नयाँ व्यवसाय प्रवर्द्धनअन्तर्गत च्याउ खेतीका लागि च्याउको बीउ खरिद गर्न गाउँपालिकाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।
किसानले यसमा १२ हजार पाँच सय रुपैयाँ लागत साझेदारी जुटाएका छन् । यसबाट च्याउका बीउ खरिद गरी वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार