२३ मंसिर, काठमाडौं । चितवनमा दुई वटा मोटरसाइकल आपसमा ठाेक्किँदा दुईजना गम्भीर घाइते भएका छन् ।
नारायणगढ-मुग्लिन सडक खण्डमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएकाे र त्यसमा दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते दुवैको परिचय नखुलेको र उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।v