बुद्धकाे पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार २३:४५:५१

२३ मंसिर, पोखरा । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ समक्ष अनुमतिका लागि निवेदन दिएको छ ।
“पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरबाट हुनेछ”, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ ।
अन्तर्राष्ट्रिय विमान कम्पनीको चासो
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो देखाउन थालेका छन् । विमानस्थलबाट उडानका लागि भारतीय र चिनियाँ विमान कम्पनीले चासो देखाएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
विमानस्थलबाट नेपाली विमान कम्पनीहरु बुध्द एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिसकेका छन् । अन्तर्राष्ट्रियतर्फ कतारको जजिरा एयरवेजले पनि पोखरा विमानस्थलबाट उडानमा चासो व्यक्त गरेको छ ।
विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनसेलबाट औपचारिक रुपमा बाहिरियो आजियटा, सतिललाल आचार्यले साढे ६ अर्बमा किने सबै शेयर
मंसिर १५, २०८० शुक्रबार
तीन महिनाभित्र नेपालमा सूचीकरण भइसक्न सामाजिक सञ्जाल सञ्चालकहरुलाई सरकारको निर्देशन
मंसिर १५, २०८० शुक्रबार
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
मंसिर १५, २०८० शुक्रबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
नेपाल किसान महासंघ नेपाली कांग्रेसको एकमात्र भरोषायुक्त र बलियो संगठन
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार