चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै विपना

नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १४:२:४२

३ पुष, रेसुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छिन।
बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेचिन्छ । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्छिन । “चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ”, उनी भन्छिन, “घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छ । ” विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन ।
माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ पछि उनी पढ्नका लागि तम्घास आएकी हुन । उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन । उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गिरन। मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन। तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन ।
अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन। “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उनले भनिन, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन”, उनले भनिन । तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको भनाइ छ ।
आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन । उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्किन्छन । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्कनु । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।
उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।
उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छिन । उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन । विपनाका बुवा हरिबहादुर कृषक हुन, भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका हुन । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।
विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन। उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
मंसिर १८, २०८० सोमबार
रामपुरमा व्यावसायिक कालिजपालन
मंसिर १८, २०८० सोमबार
सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित
मंसिर १८, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
नेत्रबिक्रम चन्दसहित चार नेताविरुद्ध पक्राउ पुर्जी जारी
मंसिर १८, २०८० सोमबार
शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात
मंसिर १९, २०८० मंगलबार
तान्जानियामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो
मंसिर १९, २०८० मंगलबार
आयआर्जन वृद्धि गर्न विपन्नलाई बीउ वितरण
मंसिर १९, २०८० मंगलबार
भेरी बबई डाइभर्सनको गुणस्तरमा अध्यक्ष ओलीको चासो
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर प्रकरणबारे सरकारले सुक्ष्म अध्यायन गरिरहेको छः अर्थमन्त्री
मंसिर १९, २०८० मंगलबार