काभा यु २३ भलिबल : च्याम्पियनसिपमा नेपाल जितविहिन
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १८:५५:२९
११ पुष, काठमाडौं । काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहिन बनेको छ । सोमबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सोझो सेटमा पराजित भएको हो ।
बंगलादेशको ढाकास्थित सहिद शुरवार्दी नेसनल इन्डोर रंगशालामा पहिलो सेट २५–२२ जितेकोनेपालले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले गुमाएको थियो । चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पार्दा खेल पाँचौ तथा अन्तिम सेटसम्म लम्बिएको थियो । पाँचौ सेट नेपालले १५–१० ले गुमायो ।
आइतबार सम्पन्न सेमिफाइनलमा नेपाल घरेलु टोली बंगलादेश तथा श्रीलंका कीर्गिस्तानसँग समान सोझो सेटमा पराजित भएका थिए । यसअघि नेपालले समूह चरणमा घरेलु टोली बंगलादेश र श्रीलंकासँग समान ३–० को सोझो सेट तथा किर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो । सोमबार नै हुने फाइनलमा बंगलादेश र किर्गिस्तान प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता शुरु
बैशाख ४, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार