२९ पुष, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्न लागेको हो ।
कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र मिथिलाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि शेयरधनीहरूलाई वितरण हुनेछ ।