२४ माघ २०७९, मंगलवार

मञ्जुश्री फाईनान्सको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिको प्रतिवेदन पारित

प्रकाशित मिति :  २९ पुष २०७९, शुक्रबार १७:४७


२९ पुष, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभाले सञ्चालक समितिको वार्षिक तथा लेखापरिक्षकको प्रतिवेदन पारित गरेको छ ।

शुक्रबार थापागाउँ ब्याङ्केट थापागाउँ, नयाँबानेश्वरमा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको हो ।

केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंसिर मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु १२.४६ अर्ब निक्षेप संकलन गरि रु ११.५० अर्ब कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र ब्त्ः सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



बागलुङको धुल्लु गाउँ
नेपालबहस संवाददाता