२४ माघ २०७९, मंगलवार
लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री गिरिलाई विश्वासको मत प्राप्त

प्रकाशित मिति :  ५ माघ २०७९, बिहीबार १६:३२


५ माघ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत प्राप्त भएको छ । उनले आज बसेको प्रदेशसभा बैठकमा ५७ मत पाएकाा छन् । ८७ सदस्यीय प्रदेश सरकारको बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य गिरी पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यको समर्थन थियो ।

विश्वासको मत दिने बेलामा माओवादीका एक जना अनुपस्थित भएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा