सोलुका ११० सामुदायिक विद्यालय बन्द
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार २०:४:१४
६ माघ, सोलुखुम्बु । यहाँका एक सय १० सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन् ।
आठ पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाका अधिकांश विद्यालय बन्द छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका १७ विद्यालयमध्ये १४ बन्द छन् भने सोलुदूधकुण्ड नगरपालिकाका ६२ विद्यालयमध्ये ५८ बन्द रहेको शिक्षा शाखा संयोजक सन्तोषकुमार राउतले बताए ।
खुम्बुमा पुष दोस्रो साताबाट ४० दिनसम्मका लागि विद्यालय बन्द गरेको खुम्बुका गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । नगरपालिकाभित्रका विद्यालय यही माघ २५ गतेपछि मात्रै खुल्ने जनाइएको छ । थुलुङदूधकोसी गाउँपालिकाका ५२ विद्यालयमध्ये १२ बन्द रहेको पालिकाका प्रवक्ता भोजराज कार्कीले बताए ।
यस्तै महाकुलुङ गाउँपालिकाका २० मध्ये सात विद्यालय बन्द रहेको पालिकाका शिक्षा शाखा संयोजक झमक कटवालको भनाइ छ । लिखुपिके गाउँपालिकाका २२ विद्यालयमध्ये सात बन्द रहेको शिक्षा शाखाप्रमुख गोमादेवी खड्काले बताए ।
नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईका अनुसार पालिकाभित्र रहेका ३४ मध्ये तीन विद्यालय बन्द छन् । माप्यदूधकोसी गाउँपालिकाका ३९ मध्ये चार विद्यालय बन्द छन् ।
हिमाली भेगमा चिसो अत्यधिक हुने भएको धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् भने केहीले बर्खे बिदा दिने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार