भारतकै विरोध, भारतकै भात !
नेपालबहस संवाददाता
माघ ७, २०७९ शनिबार १७:४७:५५
७ माघ, काठमाडौं । छिमेकी मुलकको सम्बनधलाई लिएर दिनभर विरोध गर्ने नेताहरु साँझको भोजनका लागि भारतीय राजदुतावास पुगेका छन् । सांगितिक कार्यक्रमसहित रात्री भोजको निम्तो दिएपछि दिनभर उसैको विरोध गर्दा थाकेका नेताहरु रात्री भोजका लागि नेपाालस्थित उस्को दूतावासमा पुगेका छन् । भोज खान पुग्नेहरुमा वर्तमान र पूर्वप्रधानमन्त्री लगायतका नेताहरु रहेका छन् ।
निवर्तमान प्रधानमन्त्रीलाई भारतले भोजको निम्तो नदिएको बुझिएको छ । दूतावासले विरोधी पक्षधर र मधेश केन्द्रित नेताहरुलाई निम्तो दिएको थियो । सहभागि नेताहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, माधव कुमार नेपाल, डा बाबुराम भट्टराई,नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका उपस्थित थिए ।
भारतीय दूतावस स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ७५ औँ आार्मी डेका उपलक्ष्यमा निमन्त्रणा दिइएको थियो । भारतीय ७५ औँ आर्र्मी डेका दिन त्यो भोजमा उपस्तित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको एक कार्यक्रमा विदेशी सेना नेपालमा बस्न नपाउने भन्दै चर्को विरोध गरेका थिए ।
उनीहरुलाई नेपालस्थित भारतीय दूतावासले शुक्रबार सााँझ सांगीतिक साँझको आयोजना गरेर मनारञ्जनसहित भोजको व्यवस्था गरेको थियो । दिनभर पूर्ववर्ती सरकारका प्रधानमन्त्री देउवालाई देखाउँदै ओलीले दिनभर भारतका विरोध गरेका थिए । साँझमा भोजमा पत्नीसहित उपस्थित भए । शुक्रबारको कार्यक्रममा ओलीले गएको सरकारले छिमेकी मुलुकसँगको सम्बन्ध तनावपूर्ण बनाएको भन्दै अब सरकारले छिमेकी मुलुकको भलो हुने गरी विदेश नीति बनाउन बताएका थिए ।
उनले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएउँदै भने, ’छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भयो । अर्काको निम्ती त्यस्तो गरियो । गैरजिम्मेवार प्रवृत्ति देखा परे । हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएको देशमा धेरै खतरनाक हुन्छ ।’ उनले चीन इतर समुहलाई लक्षित गर्दै नेपालको भूमि कसैको प्रयोग गर्न नदिने र सैन्य गतिविधिमा उपस्थित नहुने भनेका थिए ।
नेपालमा कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरु राख्न नदिने उनको भनाइ थियो । ओलीले कसैको पनि राख्यो भने नेपालका लागि अहितकर हुन्छ भन्दै सार्वभौम सत्तामाथिको अतिक्रमण वा कुनै पनि सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्न दवाव दिने छिमेकीसँग समन्धन नराख्ने बताएका थिए ।
उनले अहलिेको सरकारले एउटा कार्ड एउटातिर अर्कोको कार्ड अर्कोतिर नफाली सन्तुलित, विश्वसनीय सम्बन्ध बनाउन कसैको शरण लिँदैन, कसैलाई ज्यू हजुरी गर्दैन र भित्रभित्र एउटा कुरा बाहिर, बाहिर अर्को कुरा होइन म गर्दिन । मुखले एउटा व्यवहारमा अर्को गर्ने अभ्यास आफुले नगर्ने बताएा थिए । उनले भारतप्रति लक्षित गर्दै भनेका थिए, ‘छिमेकमा बसेर अर्काको अहित गर्ने भन्ने विषय सामान्य गाउँघरमा पनि असल छिमेकी मानिँदैन ।’
भारतमा अक्सर भारतस्थित विदेशी राजदूतावासले राखेका यस्ता कार्यक्रममा सरकारका तर्फबाट विदेश मन्त्रालयको सहसचिव सम्मले पनि प्रतिनिधित्व जनाउन आनाकानी गर्छन । तर, नेपालको परिवेश भने फरक छ । यहाँ सहसचिवले जाने मौका पाउँदैनन् । किने भने प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुकै ज्यु हजुरीले मौका पाएको हुँदैन । आफु सत्ताभन्दा बाहिर रहेपछि एमाले अध्यक्ष ओलीको परराष्ट्र नीतिमा एउटै गीत गाइरहेका हुन्छन् । कात्तिक १८ गते दार्चुला पुगेर गाएको गीत र शुक्रबार दिउँसोसम्म उनले तय गरेको परराष्ट्रनीति राष्ट्रवादको एक नमुना थियो जसले उनलाई साँझ नपर्दै भारतीय दूतावासको सामान्य भोजमा उपस्थित गराएर ओली राष्ट्रवादमा परिभाषा थपिदिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार