राजु अधिकारीको उपन्यास सत्यहरण विमोचित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार २३:२५:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/satya-_qZ0Cjzhl9p.jpg)
८ माघ, दाङ । राप्ती साहित्य परिषदको आयोजनामा शनिबार दाङको घोराहीमा साहित्यकार डा। राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन गरिएको छ। पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ ।
साहित्यकार तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ठ आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दाङका साहित्यकार तथा वुद्धिजिवीहरूको बाक्लो उपस्थिति रहेको थियो।
समारोहमा पुस्तकको समिक्षा गर्दै सहित्यकार पुस्कर रिजाल ‘पुष्प’ले उपन्यासले हाम्रो समाजले भोगिरहेको एउटा जल्दोबल्दो समस्यालाई सरल तर सटिक रूपमा चित्रण गर्ने उपन्यासको रूपमा आएको बताए ।
पूर्वीय धर्म, संस्किति, सभ्यता र दर्शनमाथि विभिन्न तरिकाले भैरहेका आक्रमणको विषयलाई मूल विषय बनाएको उपन्यासमा लेखकले नेपालको सन्दर्भमा कसले र कसरी यो काम संचालन गरिरहेको छ र यसमा पद, पैसा र अन्य व्यक्तिगत स्वार्थको लागि उच्च ओहदामा बसेका शिक्षित व्यक्तिहरू कसरी प्रयोग भैरहेका छन् भन्ने कुरालाई उजागर गर्ने प्रयास लेखकले गरेका छन्।
मूल विषयसँगै लेखकले पुस्तकमा प्रेमलाई पनि स्थान दिएका कारण उपन्यास रोमाञ्चक पनि बनेको छ। उपन्यासका दुई मुख्य पात्र रक्षा र कैलाशको प्रेम उपन्यासको सुरुवात देखि अन्तसम्म नै प्रेमका अनेक वाधा अवरोध पार गर्दै अगाडि बढ्छ।
स्वैर कल्पना र विज्ञान कथामा कलम चलाउने लेखकले यो उपन्यासमा पनि यी दुवै विधाको थोरै भएपनि प्रयोग गरेका छन् जसले गर्दा उपन्यास झन् रोचक बनेको छ। उपन्यासको मूल आकर्षण चाहिँ यसको रहस्य हो जुन कुरा उपन्यासको अन्तमा मात्र गएर खुल्छ। उपन्यासमा घटेका घटनाहरू कस्ले, किन र कसरि घटाइरहेको छ भन्ने कुरा पूरै उपन्यास नपढी कल्पना गर्न सकिदैन।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दिपक समिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदाशी सहित अन्य अतिथिहरूले पुस्तकको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
परिषद्का सचिव प्रकाश केसीले संचालन गरेको कार्यक्रममा लेखक राजु अधिकारी तथा प्रकाशक वीरिडको तर्फबाट राजीवधर जोशीले पनि आफ्नो मन्त्व्य राखेका थिए ।
‘सत्यहरण’ नेपाल भरीका प्रमुख पुस्तक पसल र अनलाईन मार्फत उपलब्ध हुने र पुस्तकको विद्युतिय संस्करण ‘इ-बुक’ थुप्रै डट कम मा उपलब्ध हुने प्रकाशक वीरीडले जनाएको छ। ३ सय २५ पृष्ठको पुस्तकको मूल्य रू। ६२५ तोकिएको छ।
यस पुस्तकको विस्तृत विवरण यसै इमेलमा संलग्न प्रेस रिलिजमा रहेको छ ।यसको जानकारी आम पाठकलाई यहाँको मिडिया मार्फत् गराइ सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपद्यमञ्जरीः आध्यात्मिक मार्ग विज्ञान मार्गभन्दा कति हो कति उच्च छ ?
साउन १, २०८१ मंगलबार
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन
असार २२, २०८१ शनिबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
साउन १२, २०८१ शनिबार
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
साउन १२, २०८१ शनिबार
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
साउन १२, २०८१ शनिबार
विश्वभर २३३ करोड मानिसले नियमित पर्याप्त खाना पाउँदैन
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक २०२४ को भव्य उद्घाटन (तस्बिरहरू)
साउन १२, २०८१ शनिबार