२४ माघ २०७९, मंगलवार

‘सफ्ट फिक्सिङ’ प्रकरणमा थप एक क्रिकेटर पक्राउ

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १४:३२


प्रतिकात्मक तस्बिर

९ माघ, काठमाडौं । ‘सफ्ट फिक्सिङ’मा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप एकजनालाई पक्राउ गरेको छ ।

सीआईबी स्रोतका नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएकामा थप नेपाली एकजना क्रिकेटर पक्राउ परेका हुन् ।

सीआईबीले महबुब आलम र आदिल अन्सारीलाई सोमबार बिहानै घरैबाट पक्राउ गरिसकेको छ । पछिल्लो पटक पक्राउ परेका उनको परिचय खुलाइएको छैन ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । ‘सफ्ट फिक्सिङ’ भएको उजुरी क्यानमा समेत परेपछि सीआईबीले एक जना डीएसपीको नेतृत्वमा टीम बनाएर अनुसन्धान गरेको थियो ।

अनुसन्धानपछि तयार पारिएको प्रतिवेदनमा पनि ‘सफ्ट फिक्सिङ’ भएको निस्कर्ष निकालेको छ ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा