९ माघ, काठमाडौं । नेपाली शेयरबजार सोमबार घटेको छ । नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकिएको छ । साथैै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ । आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता शेयर किनबेच भएको छ । यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ ।
यस्तै,आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैंकको २७ करोडभन्दा बढीको शेयर बिक्री भएको छ र एनआइसिएसिया बैंकको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस्तै, आदर्श लघुवित्त बित्तीय संस्था, सानिमा जिआईसी बिमा, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, समृद्धि फाइनान्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यस्तै, कुल ४१ कम्पनीमा उकलो लागेको छ भने १६६ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी भने स्थिर रहेको छ । आज १३ उप सूचकहरु मध्ये बैंकीङ र म्युचुअल फण्डबाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।