२४ माघ २०७९, मंगलवार
राजनीति

संघीयताविरुद्ध बोलेर मन्त्रिपरिषदमा बसिरहन पाइँदैनः प्रधानमन्त्री

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार १५:४०


१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदका सदस्यलाई संघीयता विरोधी अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । उनले संघीयताको बिरोध पनि गर्ने र मन्त्रिपरिषदमा पनि बसिरहेने छुट कसैलाई नहुने बताएका छन् । संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई तत्काल स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीको भनाई छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिँदै मन्त्री जस्तो जिम्मेवार पदमा बसेपछि संविधानको मर्मअनुसार चल्नुपर्ने बताए । संघीयता विरोधी भनाई संविधान विपरित हुने भन्दै प्रचण्डले आउने दिनमा यस्तो नहोस भन्ने आफुले चाहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ’संघीयता खारेज गर्नुपर्यो भन्ने कुरा मन्त्रीले उठायो र सांसद्ले उठाउनु भयो भने यो स्पष्टीकरणको विषय हुन्छ ।मन्त्रिपरिषदभित्र रहेर संघीयता र लोकतन्त्रविरुद्ध अभिव्यक्ति दिन मिल्दैन । सांसदहरू वा बाहिर रहेकाहरूलाई आफ्ना धारणा राख्न पाइन्छ तर मन्त्रिपरिषदाभत्र रहेर त्यो गर्न पाइँदैन । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा स्पष्टीकरणको विषय हुन्छ कारवाही हुन्छ ।’

उनले संघीयता कार्यान्वयन हुने बताए । उनले प्रदेश सरकार र स्थानीय सरकार केन्द्रका इकाई नभएको तर समन्वयमा चल्नुपर्ने बताए । उनले संघीय निजामती ऐन ल्याउन नदिइने र अधिकार केन्द्रीकृत गर्ने काम विगतमा भएकाले अहिलेको सरकारले त्यो बाधा हटाउन] प्रतिबद्धता जनाए । राष्ट्रियसभामा मन्त्रीहरुले नै संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै प्रश्न उठेपछि जवाफमा नैतिक र कानुनी रुपले नै मन्त्रीहरुले संघीयताविरोधी अभिव्यक्ति दिन नहुने र दिए कारवाही हुने चेतावनी दिएका हुन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा