तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार २१:४७:५९
१० माघ, मध्यबिन्दु । नवलपरसी ‘बर्दघाट सुस्तापूर्व’ बाट यस वर्षको माघेसङ्क्रान्तिमा तरुल जिल्ला बाहिर बढी बिक्री भएको जनाइएको छ । यस वर्ष जिल्लाबाट एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी भएको व्यवसायीले बताएका छन् ।
जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा तरुल राम्रो उत्पादन हुने गर्दछ । त्यहाँ उत्पादित वन तरुल प्रतिकेजी रु सय, पञ्जे तरुल ८० र मुढे तरुल ५० का दरले पोखरा र काठमाडाैं निर्यात गरेर डेढ करोड आम्दानी भएको थोक बिक्रेता लालबहादुर सारुले बताए ।
पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको सारुले बताए । “पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि विगत तीन वर्षदेखि मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ”, उनले भने, “जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती अझै हुनसकेको छैन”, सारुले भने, “कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर पर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानैपर्ने हिन्दू परम्पराअनुसार यसको व्यापार पनि निकै फस्टाएको हो ।”
जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । जिल्लाको पहाडी क्षेत्रका जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सक्खरखण्डको माग प्रशस्त छ । कावासोतीसहित दलदले क्षेत्रमा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको व्यवसायी कृष्णबहादुर सारुले बताए ।
“नवलपरासी ‘बर्दघाट सुस्तापूर्व’मा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौंमा खपत हुने गरेको छ”, सारुले भने, “जिल्लाको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौं पठाउने क्रम हिजो आज पनि जारी छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार