राष्ट्रिय वाणिज्य बैंकमा ३८ लाख ६१ हजार ग्राहक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार २२:२४:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/00-1_O7yYT0HGOU.jpg)
१० माघ, काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकका ३८ लाख ६१ हजार ग्राहक संख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय पुगेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ । बैंकले मंगलबार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको बताए । त्यस्तै, बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि–ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको उनको भनाइ छ ।
बैंकले विगतमा विभिन्न उतारचढाव भोगे पनि पछिल्ला वर्षमा वित्तीय सूचकाङ्क र व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सफल भएको सीईओ श्रेष्ठले दाबी गरे । बैंकको वित्तीय अवस्था सुधारका लागि पाँच वर्षे रणनीतिक योजना तर्जुमा गरी व्यवस्थापन र मानव संशाधन अडिटलगायतका काम गरेको पनि उनले जानकारी दिए । एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको श्रेष्ठको भनाइ छ ।
बैंकिङ गत आर्थिक वर्ष २०७८÷७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ । चालू आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन दुई खर्ब ७२ अर्ब, कर्जा प्रवाह रू दुई खर्ब ३४ अर्ब र नेटवर्थ रू ३४ अर्ब ३४ करोड पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप रू तीन खर्ब, कुल कर्जा रू दुई खर्ब ५८ अर्ब, मुनाफा रू चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पु¥याउने पनि बैंकको लक्ष्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट
साउन ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच विद्युतीय सवारी कर्जा प्रवाह सम्बन्धी सम्झौता
साउन ११, २०८१ शुक्रबार
नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता
साउन ११, २०८१ शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
क्लबको भूमिका समाज सेवामा होः मुख्यमन्त्री कार्की
साउन १२, २०८१ शनिबार
पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र “नमेटिने घाउ’’को आफ्नो दृश्यको डबिङ
साउन १२, २०८१ शनिबार
अर्थतन्त्र सुधार्न टालटुल गर्ने कि वास्तबिक समस्यासम्म पुगेर समाधान गर्ने ?
साउन १२, २०८१ शनिबार