१३ माघ २०७९, शुक्रबार

गुन्द्रुकको झोलमा भिडियो बाहिरियो

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार १७:०१


१० माघ, काठमाडौं । गायक तथा संगीतकार संजीव पुडासैनीको लोक पप गीत गुन्द्रुकको झोलमाको भिडियो सार्वजनिक गरिएको छ । लोक समावेशीको शब्द, संगीत रहेको गीत गुन्द्रुकको झोलमा संजिव र चिज गुरुङ फिचर छन् ।

प्रेमीकालाई नगरकोट घुम्न जान अफर गरिएको रमाइलो गीतले सासु, ससुराले लगाउने पाषकदेखि अहिलेको चलनको बारेमा समेत बोलेको छ ।

शैलेन्द्र बाबु प्रधानको एरेन्ज रहेको गीतको छायांकन रोहन शेर्पाले गरेका हुन् भने भिडियोको सम्पादन गायक स्वयमले गरेका हुन् । गायक पुडासैनीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।


221
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा