अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १०, २०७९ बुधबार २:१२:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/Liquor_Madira_CHoTqs1B9J.jpg)
१० माघ, एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मंगलबार नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् ।
मंगलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो शहर एलिस स्प्रिङ्समा प्रधानमन्त्री अल्बानीजले समुदायका नेताहरूसँग भेटघाट गरी यस क्षेत्रमा मदिरा सेवनबाट हुने गरेको आपराधिक गतिविधिका विषयमा छलफल गरे। जारी सङ्कटमा सङ्घीय सरकारलाई हस्तक्षेप गर्न प्रतिपक्षी दलको चर्को दबाबपछि प्रधानमन्त्रीको सो भ्रमण भएको हो ।
उत्तरी क्षेत्र एनटी प्रहरीको तथ्याङ्क अनुसार एलिस स्प्रिङ्समा गत वर्षको तुलनामा हिंसात्मक आक्रमण ४३ प्रतिशतले बढेको छ। आदिवासी समुदाय र कानून प्रवर्तन एनटी सरकारका प्रतिनिधिहरूसँग भेट गरेपछि प्रधानमन्त्री अल्बानीजले एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मदिरा खरिद गर्न अनुमति दिइने बताए ।
सोमबार र मंगलबार टेकवे अल्कोहल-मुक्त दिनहरूू हुनेछन् र टेकअवे रक्सी बिक्री दिउँसो ३ बजेदेखि ७ बजे बीचको अवधिमा मात्र हुनेछ ।
मदिराजन्य हिंसा एलिस स्प्रिङ्ग्सका जटिल समस्याहरू हुन् र तिनीहरूलाई पूर्ण समाधान चाहिएको र त्यसका लागि विभिन्न तहका सरकारहरू मिलेर काम गर्न आवश्यक रहेको अल्बानीजले पत्रकारहरूलाई बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
साउन १२, २०८१ शनिबार
विश्वभर २३३ करोड मानिसले नियमित पर्याप्त खाना पाउँदैन
साउन १२, २०८१ शनिबार
ओलम्पिकको संदिध षड्यन्त्रमा रुसीको गिरफ्तारीबारे जानकारी नभएको क्रेमलिनको भनाइ
साउन ११, २०८१ शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
साउन १२, २०८१ शनिबार
कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प
साउन १२, २०८१ शनिबार
चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक
साउन १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति घट्दो क्रममा
साउन १२, २०८१ शनिबार
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
साउन १२, २०८१ शनिबार