कर्णालीमा चिसो छल्न जनप्रतिनिधि शहर पसे
नेपालबहस संवाददाता
माघ ११, २०७९ बुधबार १८:३५:४३
♦ हेमन्त केसी
११ माघ, सुर्खेत । भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला ,मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएको छ । सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँको फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा फोन सेवा अवरुद्ध भएको हो । यहाँका सर्वसाधारणहरुले के गरिरहेका छन् भन्ने जानकारी लिन मुस्किल भएको छ । कर्णाली प्रदेशको सबैभन्दा ठूलो समस्या पनि यही रहेको छ ।
सदरमुकाममा रहेका टावरहरु सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोट –डोल्पा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ । हुम्लाको यारी, हिल्सा नाका जाने र आउने बाटो अवरुद्ध भएको छ । त्यस्तै लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ । उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको छ । कर्णाली राजमार्गअन्तर्गत जुम्लादेखि मुगुसम्म सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ ।
कर्णाालीका डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्याधिक हिमपात भएको छ । जाजरकोटको उत्तरी क्षेत्र, रुकुम पश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । लामो समयदेखि काला देखिएका यहाँका हिमालहरु सेताम्य भएका छन् ।
अग्ला ठाउँमा रहेका सबै बस्तीहरु हिमपातका कारण सेताम्य भएको सर्वसाधारणले बताएका छन् । सबैभन्दा बढी हिउँको प्रभाव हिमाली जिल्लामा देखिएको छ । डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाइ सेवा समेत दुई दिनदेखि ठप्प भएको छ । लामो समयदेखि पानी नपरेर अकाशे पानीको भरमा लगाएको खेतीबालीमा भने राहत पुगेको छ । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा हिमपातकै बीचमा लोसार पर्व बनाइने काम जारी रहेको गाउँपालिका उपाध्यक्ष प्रेमा दोर्जेले बताए । हिमाली क्षेत्रमा भारी हिमपात हुँदा पशुचौपायदेखि स्थानीयवासीलाई आवतजावत गर्न, घाँसपात जुटाउनसमेत समस्या परेको छ ।
छार्काताङसुङका निमा गुरुङका अनुसार हिमपातले पानी जमेका कारण जनजीवन मुस्किल हुँदै गएको छ । हुम्ला, मुगु र डोल्पाका जनप्रतिनिधिहरु नेपालगन्ज ,सुर्खेत र काठमाडौँमा बसेर चिसो महिना बिताएर दुर्गमको तलबभत्ता बुझ्ने गरेका छन् । जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीदेखि बेमौसमी तरकारी बालीमा राहत पुगेको किसानहरुले बताएका छन् ।
विकास निर्माणका कामहरू पानी परेका कारण जमिन खन्न सजिलो हुने भएपछि उपभोक्ता समितिहरू खुसी भएका छन् । हिमाली जिल्लाहरूमा भने चिसो मौसममा पुरै विकास निर्माणका कामहरु ठप्प हुने गर्दछन् । वैशाखदेखि मात्र विकास निर्माणका कामहरु सूचारु हुने त्यहाँका कर्मचारीहरुले बताएका छन् ।
अहिले हिमपात कारण विकासे काम गर्न मुस्किल हुँदै आएको छ । कात्तिकदेखि वैशाखसम्म विकासका कामहरु ठप्प हुने गरेको पाइन्छ । चिसो र हिमपातको कारण देखाउँदै विकास निर्माणको कामहरू रोक्दै आएको पाइन्छ । यहाँका विद्यालय समेत बन्द रहेका छन् । अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुस महिनामा विदा हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार