नेपाल टी–२० लिग सम्झौतामा हाम्रो गल्ती भयोः क्यान
नेपालबहस संवाददाता
माघ १२, २०७९ बिहिबार २१:३९:१६
१२ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका क्रममा गरिएको सम्झौता त्रृटिपूर्ण भएको स्वीकार गरेको छ । लिगका लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गर्दै क्यानले यो घटनाले नेपाली क्रिकेटमा ग्रहण लागेको पनि बताएको छ । उसले सम्झौता गलत भएपनि आफूहरुको नियत भने गलत नभएको दाबी गरेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु नै गलत भएको बताए । खेलमा म्याच फिक्सिङ प्रमाणित भएपछि चन्दले क्यानले सेभेन थ्री स्टारलाई विश्वास गर्नु नै गलत भएको भन्दै नेपाली क्रिकेटमा ग्रहण लागेको टिप्पणी पनि गरे । त्यसलाई सुधार्न सबैको सहयोग आवश्यक रहेको चन्दको भनाइ छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ । नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तयारी छ ।
पत्रकार सम्मेलनमा चन्दले अञ्जानमा त्रुटि भएको बताउँदै क्यानले २०२० जनवरीमा एमओयू गरेको र त्यसको एक वर्षपछि पहिलो सम्झौता गरेको जानकार दिए । राष्ट्रिय खेलकदु परिषदको अनुमति लिएर मात्र सम्झौता गर्नुपर्नेमा त्यसको पालना नभएको स्वीकार गरेका उनले राखेपले अनुमति नदिएसम्म कुनै पनि काम नगरेको दावी गरे ।
सम्झौताअनुसार काम अघि बढाउन रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसलाई दबाव दिन नसक्नु कमजोरी भएको उनले बताए । चन्दले भने, ‘श्रम स्वीकृति पनि ढिला भयो । यसले एकपछि अर्को विवाद आयो । यसमा आयोजक क्रिकेट संघको पनि त्रुटि रह्यो ।’ उनले प्रतियोगितामा नकारात्मक काम मात्र नभएको दाबी गरे । प्रतियोगिता भएको, नेपाली खेलाडीहरुले ८० प्रतिशत पैसा पाएको र अरु पनि पाउने क्रममा रहेको उनको दाबी छ ।
पत्रकार सम्मेलनमा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाल ट्वान्टी–२० लिगको व्यावसायिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सविरुद्ध कानुनी लडाइँमा जाने बताए उनले सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिताका विजेता तथा फ्रेन्चाइज टिमका खेलाडीले पाउनुपर्ने रकम उपलब्ध नगराए आफहरू कानुनी लडाइँमा जाने बताए ।
‘हाम्रो सम्झौताअनुसार पुरस्कार रकम सेभेन थ्री स्पोर्ट्सको हो । प्रतियोगिताको लाइसेन्सको रकम पनि दिनुपर्नेछ,’ मल्लले भने, त्यसानुसार नभए हामी कानुनी उपचारमा जान्छौँ ।’ उनले फ्रेन्चाइज टिमका खेलाडीहरूले रकम पाउन बाँकी भएको स्वीकार गर्दै केही टिमले ६० प्रतिशत रकम पाएको र बाँकी रकम पाउन बाँकी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार