बगरखेतीबाट जीविका चलाउँदै थारु समुदाय
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २२:३५:५०
१६ माघ, महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले दोदा नदीको बगरमा तरकारी खेती गर्न लागेको १४ वर्ष भयो । भारतको दिल्लीदेखि मुलुकका धेरै ठाउँमा ज्यालादारी गर्दै हिँड्नुभएका चौधरीले अहिले भने दोदा नदी बगरको कमाइले धनगढीमा घडेरी खरिद गरेको छ ।
पौने दुई बिघा बगरमा लौकी, काँक्रा, पर्सीलगायतका तरकारी उत्पादन गरी गाउँमै बिक्रीवितरण गरिरहेका चौधरीले वार्षिक रू साढे तीन लाख बचत गरेको छ । “सबै खर्च कटाएर आम्दानी रू साढे तीन लाख जति हुन्छ, बगरको कमाइले छोराछोरी पढाउन, घर खर्च चलाउन पुगेको छ”, उनले भने ।
चान्देउका सुदराम जस्तै यहाँका २० जना राना र चौधरी थारु समुदायका स्थानीयले ‘एकजुट बगरखेती किसान समूह’ नै बनाएर बगरमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन् ।
“समूहमा मासिक रू ५० का दरले बचत पनि गछौँं ।” चौधरीले भने, “मलखाद खरिद गर्नेदेखि आयमूलक कामका लागि लगानी गरिन्छ ।” बगरमा तरकारी खेती गर्न थालेपछि मजदूरीका लागि भारतलगायत अन्यत्र जाने बाध्यता हटेको किसानहरु बताउँछन् । बजारीकरणका लागि सरोकारवाला निकायबाट सहयोग भएको अवस्थामा उत्पादनमा समेत वृद्धि हुने उनीहरुको भनाइ छ ।
स्थानीय रामदयाल रानाले पनि एक बिघामा बगरखेती गरेर घरखर्च चलाउन थालेको चारवर्ष भइसकेको छ । “कृषि ज्ञान केन्द्र, पालिका र दातृ निकायबाट बिउबीजन सहयोग भएको छ तर बजारीकरणमा भने समस्या छ”, रानाले भने ।
महेन्द्रनगर, धनगढी, अत्तरियालगायतका बजारमा उत्पादित तरकारी लैजान सवारीसाधनको समस्या रहेको उनले बताए । बजारसम्म तरकारी पु¥याउने साधन कहीँबाट अनुदानमा पाए उत्पादन अझ वृद्धि गर्न सकिने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरले बगर खेती गर्ने किसानलाई बीउबीजन लगायतको सहयोग गर्दै आएकामा यसवर्ष भने अनुदान सहयोग कार्यक्रम नभएको जनाएको छ ।
महेन्द्रनगरस्थित नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले भने बगरमा खेती गर्ने किसानलाई बिउबीजन एवं प्राविधिक सहयोग गर्दै आएको छ ।
एनएनएसडब्लुए उत्थान परियोजनाका संयोजक विनोद विक्रम जैरुले न्यून आयस्रोत समुदायलाई सहयोग गर्दै आएको बताए । उनले यसपटक सोलारबाट सिँचाइका लागि पनि व्यवस्था गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार