सिस्नुबाट मासिक १५ हजारसम्म आम्दानी
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार १९:०:१
१७ माघ, चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् ।
सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज््याए पनि अहिले यसले व्यावसायिकरूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी निर्मला सुनारले बताइन । “अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौँ,” उनले भनिन । अहिले नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ ।
माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । सहकारीमा छलफल भएपछि महिलाले यसको खेती सुरु गरेका हुन् । सिस्नुलाई पाउडर, हरियो सिस्नुका साथै अनेक परिकार बनाउने गरिएको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापामगरले बताइन ।
“यसलाई एउटा नाम दिएर राजधानीलगायत अन्य स्थानमा पु¥यााउने लक्ष्य लिएका छौँ,” उनले भनिन,“यसका लागि गाउँपालिकामा कुरा गरेका छाँै ” । सुरुमा दश जनाको महिला समूहले कृषि उत्पादनमा सिस्नुलाई नै रोजेका हुन् । अहिले गाउँका अन्य महिलालेसमेत सिस्नु खेती गरेका छन् ।
“सुस्नु उत्पादन गर्न थालेयता हाम्रो छुट्टै पहिचान बनेको छ।” अध्यक्ष थामामगरले भनिन । सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक रु १५ हजारसम्म आम्दानी गर्दै आएका छन् । “उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौँ” व्यावसायिक सिस्नु खेतीमा रमाएकी सुन्तली नेपालीले भनिन,“त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घरखर्च चल्ने रहेछ ।” यताउति यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नुलाई धुलो पार्ने उपकरण उपलब्ध गराएपछि महिलाले यो खेतीलाई व्यावासयिक बनाएका हुन् । पच्चिस सदस्यमध्ये दश जनालाई विभिन्न संस्थाले तालिम दिनाका साथै उपकरण उपलब्ध गराएका थिए । सिस्नुको उत्पादन देखेपछि गाउँमा यसको लहर नै चलेको छ । गाउँलेले खेतबारीमा पनि सिस्नुको उत्पादन बढाउन थालेपछि महिलाको समूहमा झनै उत्साह बढेको छ । ठूलो परिणाममा उत्पादन हुन थालेपछि बजारका लागि गाउँपालिकामा सहकारीले अनुरोध गरेको अध्यक्षले थापामगरेले बताइन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार