फेदीखोलामा ४ करोड लगानीमा पशुपालन, मासिक १५ लाख आम्दानी
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार १८:४७:१८
२० माघ, स्याङ्जा । जिल्लाकाे फेदीखोला गाउँपालिका-१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनी अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् ।
उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् । बजारमा किराना पसल सञ्चालनमा रहेको भएपनि गाउँमा भएको जग्गाको सदुपयोग गर्नका लागि पशुपालनमा हात हालेको उनी बताउँछन् ।
“फेदीखोला बजारमा किराना पसल अहिले पनि छ”, उनले भने, “गाउँको जमिन सदुपयोगका साथै बजारमा दूधको माग अत्यधिक रहेकाले पशुपालन सुरु गरेको हुँ ।”
सुरुमा गोठ बनाउने, भैँसी खरिद गर्ने, घाँस, पराल तथा दाना खरिदमै करिब रू दुई करोड लगानी लागेको उनको भनाइ छ । फार्मबाट प्राप्त आम्दानी तथा लगानी थप गर्दै गाई भैँसी खरिद गरेका हुन् । १० वटा भैँसी पालेर व्यावसायिकतातर्फ उन्मुख भएका पोख्रेलको फार्ममा अहिले एक सय ८५ वटा गाई र भैँसी छन् । जसमध्ये एक सय दुहुना भैँसी, ५० वटा राँगा तथा पाडापाडी छन् भने २० वटा दुहुना गाई र १५ वटा बाच्छाबाच्छी छन् ।
फार्म पन्ध्र रोपनीमा फैलिएको छ । जग्गा भाडामा लिएर गाई भैँसीका लागि घाँस उत्पादन गर्नुभएको छ भने झण्डै एकसय रोपनी अरुको जग्गा भाडामा लिएर डालेघाँस, खर घाँस तथा उन्नत खालका घाँस लगाउनुभएको छ ।
उहाँको फार्मबाट अहिले भैँसीको दूध चार सय लिटर र गाईको दूध एक सय लिटर उत्पादन हुँदै आएको छ । भैँसीको दूध फेदीखोला, मट्टिखान, सेतीदोभान, खड्केटारी, पोखरालगायतका स्थानीय बजारमै खपत हुने गरेको उहाँले बताए ।
“दूधको बजारका लागि कुनै समस्या छैन बरु स्थानीय बजारमा माग भएअनुसार दूध पु¥याउन सकिएको छैन”, उनले भने, “दूधको माग धान्न पनि अझै ४० वटा गाई थप्ने तयारी गरिरहेको छु ।”
भैँसीको दूध स्थानीय बजारमा खपत हुने गरेको छ भने गाईको दूध पोखरा औद्योगिक क्षेत्रमा दिएको उहाँको भनाइ छ । दूध बिक्रीबाट अहिले उनले मासिक रू १५ लाख आम्दानी हुने उनको भनाइ छ । सुरुका वर्ष भएकाले गाईभैँसी खरिद, दानापानी, परालमा किन्नुका साथै पूर्वाधार निर्माण गर्नुपरेकाले त्यसैमा लगानी गरेको उनले बताए । फार्ममा हाल १३ जना कार्यरत छन् ।
“यहाँ उत्पादन भएको दूध बजारमा पूरै खपत भएकाले पनि दूधबाहेक अन्य सामग्री बनाएर बिक्री गर्ने तत्काल कुनै योजना छैन”, उनले भने । पशुपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै जाँदा बजारको कुनै समस्या नभएपछि थप ऊर्जा र जाँगर थपिँदै गएको महशुस गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ सहसचिव, ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा
बैशाख १४, २०८१ शुक्रबार