अवतार-३ मा चार्ली च्याप्लिनकी नातिनी
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २२:२५:२७
२० माघ, लसएन्जल्स । फिल्म ‘अवतार द वे अफ वाटर’ गत वर्ष १६ डिसेम्बरमा रिलिज भयो । फिल्मले गत वर्ष रिलिज भएर सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा आफूलाई उभ्यायाये । फिल्मले विश्वस्तरमा २ दशमलब १३ बिलियन डलर कमाई गरेको थियो ।
हालैमात्र फिल्मका निर्देशक जेम्स क्यामरुनले ‘अवतार ३’ र ‘अवतार ४’को सुटिङ पुरा गरेको बताएका छन् । उनले भविष्यमा ‘अवतार ५’ पनि बन्न सक्ने जनाउ दिएका छन् । यही बीचमा फिल्मका निर्माता जोन लेन्डोले ‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले अभिनय गर्ने गरेका छन् ।
‘‘अवतार ३’मा नावीको नयाँ रेसको बारेमा देखाइनेछ । जसको धेरै विरोधी हुने सम्भावना छ । यसमा चार्ली च्याप्लिनकी नातिनी ओना च्याप्लिनले पनि महत्वपूर्ण भूमिका निभाउनेछिन्’, जोनले भनेका छन् ।
सन् २०१८ मा च्याप्लिनले ‘अवतार’ फ्रेञ्चाइजीको तारिफ गरेकी थिइन् । उनले यसलाई ‘ट्रोजन हर्स फिल्म’का रुपमा बताएकी थिइन् । जोनले फिल्मको चौथो फ्रेञ्चाइजीमा समयको ठूलो छलाङ देखाउने खुलासा पनि गरेका छन् । ‘जसले दर्शकलाई ‘अवतार ५’ तिर लैजानेछ । जुन फिल्म धर्तीमा बनेको हुनेछ’, उनले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
जेठ १, २०८१ मंगलबार
अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा
बैशाख ३०, २०८१ आइतबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार