१९ चैत्र २०७९, आईतवार
लुम्बिनी प्रदेश

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री किराती, भने– नेपाल एयरलाइन्सले किन उडान गरेन, त्यो बुझ्छु’

प्रकाशित मिति :  २३ माघ २०७९, सोमबार १५:११


२३ माघ, भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन छिट्नै हुने बताएका छन् । उनले विमानस्थल सूचारु गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

मन्त्री बनेपछि पहिलोपटक विमानस्थल आएका मन्त्री किरातीले अन्तर्राष्ट्रिय उडानहरु लुम्बिनीमा ल्याउनका निम्ति सरकारको तर्फबाट कुटनितिक पहल माथिल्लो तहबाट पनि भइरहेको बताए ।

‘उच्चस्तरीय वायुसेवा निगमका टोलीहरु पनि कोलम्बोतर्फ यसैका लागि जादै छन्, पराराष्ट्र मन्त्रीहरुको तर्फबाट पनि कयौ देशमा उडानको कुरा सुरु गरेका छौँ, राष्ट्रिय ध्वाजाबाहक विमान यहाँ ल्याउने सन्दर्भमा किन आउन खोजेको छैन भनेर बुझने छौँ,’ मन्त्री किरातीले भने, ‘के कारणले नेपाल एयरलाइन्सले यहाँबाट उडान गरेन, त्यो बुझ्छु र आवश्यक काम अगाडि बढाउनेछु ।’

उनले प्रधानमन्त्रीको तहबाट अब हुने भारत भ्रमणमा एजेण्डाको रुपमा आइएलएस सञ्चालन र एयर रुटको विषय पर्ने जानकारी दिए ।

‘विमानस्थल सञ्चालन र सम्बन्धित् निकाय र शाखाहरु यहाँ आउनु एक अर्काको अन्तरसम्बन्सँग जोडिएकोले दुबैलाई एकैसाथ अगाडि बढाउन मन्त्रालयले पहल गर्नेछ,’ उनले भने, ‘श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ । मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुनेछ ।’

मन्त्री किरातीले लुम्बिनी गुरुयोजनाभन्दा बाहिर कसैले जाने साहस नगर्न अनुरोध गरे । ‘सबैभन्दा पहिला यो गुरुयोजना सम्पन्न गर्नुपरेको छ । तोकिएको समयभन्दा २८ वर्ष किन लम्बियो भन्ने मेरो नै प्रश्न हो,’ उनले भने । लुम्बिनी गुरुयोजना पहिलो प्राथमकिता भएको उनको भनाइ छ ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रुटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा समस्या देखिएको, भारतीय नागरिकलाई नोअब्जेक्सन लेटर दिने व्यवस्था नभएको, मौसमको खराबीमा प्रयोगहुने रेडियो नेभिगेसन प्रणाली उपयोग नहुँदा अन्तर्राष्ट्रिय उडान रोकिएकोमा ध्यानाकर्षण गराउँदै सञ्चालनका लागि पहल गर्न अनुरोध गरे ।

गौतमबुद्ध विमानस्थलबाट जजिरा र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि पछिल्लो केही समय रोकिएको छ ।


52
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता