१३ चैत्र २०७९, सोमबार
निमन्त्रण
नेपाली सेना

लाइन लागेर भारतीय सेनाका पूर्व प्रमुखहरु नेपाल आउदै

प्रकाशित मिति :  २४ माघ २०७९, मंगलवार १२:३७


२४ माघ, काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउनका लागि भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डेसहित भारतीय सेनाका पूर्व प्रमुखहरुलाई पनि नेपाल भ्रमणको निम्तो दिएको छ ।

उनीहरु नेपाली सेनाको विशेष निमन्त्रणामा स्थल सेनाध्यक्ष पाण्डेसहित फागुन पहिलो साता नेपाल आउने नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाले भारतीय सेनाका पूर्व प्रमुखलाई पनि आफ्नो २६० औं स्थापना दिवसको अवसरमा निमन्त्रणा गरेको र सो निमन्त्रणमा भारतीय स्थल सेनाका ११ जना पूर्व प्रमुखलाई पनि बोलाइएको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीले जानकारी दिए ।

पूर्वप्रमुखहरु विश्वनाथ शर्मा, शंकर रोय चौधरी, वेदप्रकाश मल्लिक, सुन्दराराजन पद्मनभन, निर्मलचन्दर बिज, जोगिन्द्र जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोज मुकुन्द नरवानेलाई सेनाले निमन्त्रणा गरेकाे हो । उनीहरु फागुन ५ गते आउने र ८ गते फर्किने छन् ।

नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो । यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमकाबीच मनाएको थियो । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । नेपाली सेनाका ५ वटा कम्पनी स्थापना भएको २६० वर्ष पूरा भएको छ । १८१९ मा पृथ्वीनारायण शाहले ५ वटा कम्पनी स्थापना गरेका थिए ।

श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बर्दबाणी नामका कम्पनी पहिलो पटक स्थापना भएका थिए । पछि यीमध्ये केहीको नाम परिवर्तन भएको छ। गोरख नामका अरु गणहरू स्थापना भएपछि यसलाई पुरानो गोरख भन्न थालिएको छ । बर्दवाणी कम्पनी पनि जंगबहादुरको पालामा बर्दबहादुर कम्पनीमा परिवर्तन भयो । नेपाल चीन युद्धमा बहादुरी देखाएको भन्दै यो कम्पनीलाई बर्दवाणीबाट बर्दबहादुरमा परिणत गरिएको थियो । यही अवसरको सदुपयोग गर्दै नेपाली सेनाले छिमेकी मुलुकका भारतका सेनाध्यक्षहरुलाई बोलाएर स्थापान दिवस मनाउन लागेको हो ।


767
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

कस्तो छ, आजको मौसम ?
नेपालबहस संवाददाता