पशु जन्य उत्पादनमा तनहुँले फट्को मार्यो
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २२:३:५२
पूर्ण विके
२४ माघ, तनहुँ । पशु जन्य उत्पादनमा तनहुँ आत्मनिर्भर भएको छ । सहज यातायात पहुँचका कारण यस जिल्लाबाट उत्पादित अण्डा, कुखुरा र दूध अन्य जिल्लामा समेत निर्यात हुँदै आएको भेटेरिनरी अस्प्ताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
तनहुँमा आर्थिक वर्ष २०७८÷७९ मा २ करोड ७० लाख ६० हजार ८ सय अण्डा उत्पादन भएको थियो । उत्पादित उक्त सङ्ख्या तनहुँवासीलाई प्रतिव्यक्ति प्रतिवर्ष ८२ दशमलव ५९ वटा अण्डा पर्न जान्छ । उक्त सङ्ख्या मापदण्ड भन्दा प्रतिव्यक्ति प्रतिवर्ष ३४ दशमलव ५९ ले बढी हो । विश्व खाद्य तथा कृषि सङ्गठनले प्रतिव्यक्ति प्रति बर्ष ४८ वटा अण्डा खपत दर तोकेको छ ।
आव २०७७÷७८ मा जिल्लामा दुई करोड ५९ लाख ९५ हजार वटा अण्डा उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा कुखुराको अण्डाको अलावा हाँसको दुई लाख ९५ हजार, बट्टाईको एक लाख ५० हजार, कालिजको आठ हजार र टर्कीको दुई हजार अण्डा उत्पादन भएको केन्द्रले जनाएको छ ।
चालू यस आवमा पनि अण्डाको उत्पादन राम्रो भएकाले यस आवमा अण्डाको उत्पादन बढ्ने आंकलन गरिएको केन्द्रले जनाएको छ । जिल्लाको व्यास, भानु र शुक्लागण्डकी नगरपालिका अण्डा उत्पादन पकेट क्षेत्र रहेको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले बताए । जिल्लामा उत्पादित अण्डामा आत्मनिर्भर भएको करिब पाँच वर्ष भएको उनले जानकारी दिए । तनहुँबाट उत्पादित अण्डा काठमाडौं, कास्की र स्याङ्जामा समेत खपत हुने गरेको छ ।
मासुजन्य उत्पादनमा आव २०७८÷७९ मा तनहुँको योगदान चार हजार सात सय २३ मेट्रिक टन रहेको छ । उक्त उत्पादन दर अघिल्लो आवको भन्दा एक सय २३ मेट्रिक टन बढी हो । आव २०७७÷७८ मा मासु उत्पादनमा तनहुँको योगदान चार हजार छ सय मेट्रिक टन रहेको थियो ।
अन्तरराष्ट्रिय मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिवर्ष १४ किलोग्राम मासु आवश्यक पर्नेमा तनहुँमा आव २०७८÷७९ मा १४ दशमलव ४१ किलोग्राम मासु उत्पादन भएको तथ्याङ्क छ । मासुको अलावा त्यस आवमा माछा उत्पादन ९४ मेट्रिक टन छ । मासु उत्पादनमध्ये राँगा, भैंसीको ४४ प्रतिशत, खसीबोकाको २५ प्रतिशत, कुखुराको १५ प्रतिशत, बङ्गुरको १५ प्रतिशत र भेडाको ० दशमलव १ प्रतिशत योगदान रहेको छ । जिल्लामै राँगा, भैंसी उत्पादन हुने भएपनि केही चितवनबाट समेत भित्रिने गरेको केन्द्रले जनाएको छ । खसीबोका उत्पादनको लागि व्यास, भानु, भिमाद, वन्दिपुर, रिसिङ र घिरिङ पकेट क्षेत्र मानिन्छ । जिल्लामा ३४१ वटा फर्ममार्फत पशु चौपाय उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।
त्यसैगरी तनहुँ दूध उत्पादनमा राम्रो छ । तनहुँले अन्य जिल्लामा दूध निर्यात समेत गर्दै आएको छ । आव २०७८÷७९ मा तनहुँमा ३८ हजार आठ सय ३८ मेट्रिक टन दूध उत्पादन भएको थियो । खाद्य तथा कृषि सङ्गठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर आवश्यक पर्नेमा तनहुँमा भने गत आवमा एक सय १८ दशमलव ५ लिटर दूध उत्पादन भएको थियो ।
आव २०७७÷७८ मा भन्दा गत आर्वमा नौ सय १० मेट्रिक टन दूध बढी उत्पादन भएको केन्द्रले जनाएको छ । आव २०७७÷७८ मा ३७ हजार नौ सय २८ मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लामा ठूला दुग्ध उत्पादक कृषकहरुको अलावा १८ वटा सहकारीबाट दैनिक दूध सङ्कलन हुँदै आएको छ । तनहुँबाट उत्पादित दूध कास्कीका विभिन्न कम्पनीहरुमा खपत हुँदै आएको छ । दूध उत्पादन बढाउन प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान दिने गरिएको केन्द्रले जनाएको छ ।
दूध, माछा, मासु र अण्डा उत्पादन बढाउन केन्द्रित भई कृषक लक्षित विभिन्न कार्यक्रम वर्सेनी तर्जुमा गरिदैं आइएको केन्द्रले जनाएको छ । ‘‘हामीले पशु स्वास्थ्य सेवा र पशु विकास गरी दुई खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’’ डा. श्रेष्ठले भने, ‘‘यी कार्यक्रमले गर्दा पशु जन्य उत्पादनमा राम्रो वृद्धि भएको छ ।’’
पशु स्वास्थ्य सेवाअन्र्तगत बाख्रालाई भ्यागुते, चर्चरे, खोरेत वरुद्ध पीपीआर खोप, बङ्गुरलाई खोरेत र स्वाइन फिवर विरुद्धका खोप र कुकुरलाई रेविज विरुद्धको नियमित खोप कार्यक्रम गरिदैं आइएको उनले जानकारी दिए । केन्द्रबाट पशुचौपायाको पिसाब, रगत दूध, छाला, गोवर र शव परीक्षण सेवा सञ्चालन गरिएको छ ।
गतवर्ष दूधमा ४५ लाख रुपैंयाँ, पशु विमाको २० प्रतिशत प्रिमियममा ४५ लाख ४८ हजार रुपैयाँ, साना व्यवसायी फर्मलाई ८४ लाख रुपैयाँ, माछा उत्पादनमा प्रतिरोपनी २५ हजार रुपैयाँका दरले १५ लाख रुपैयाँ, पकेट क्षेत्रअन्र्तगतका कार्यक्रममा ८० लाख रुपैयाँ लगायत अनुदान प्रदान गरिएको केन्द्रले जनाएको छ । यस वर्ष पनि कृषकलाई प्रोत्साहन नीति केन्द्रले लिएको र छिट्टै दरखास्त माग गरी फर्म छनोट गर्ने र अनुदान प्रदान गर्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख डा। श्रेष्ठले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार