१९ चैत्र २०७९, आईतवार

भूकम्प प्रभावित टर्कीमा पाकिस्तानले राहत, चिकित्सा र उद्धार टोली पठायो

प्रकाशित मिति :  २४ माघ २०७९, मंगलवार १६:३०


२४ माघ, एजेन्सी । पाकिस्तानले टर्कीको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको आधिकारिक विज्ञप्तिमा मंगलबार जानकारी दिइएको छ । सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको शहरी खोज र उद्धार टोलीसहित दुई दलहरू पठाएको पाकिस्तानी सेनाको मिडिया विंग इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स ‘आईएसपीआर’ ले एक विज्ञप्तिमार्फत जनाएको छ ।

सेनाले सेनाका चिकित्सक, नर्सिङ स्टाफ, प्राविधिकसहितको टोली, ३० शैंयाको घुम्ती अस्पताल, टेन्ट, कम्बललगायतका राहत सामग्री पठाएको विज्ञप्तिमा उल्लेख छ ।टर्कीए सरकार, सशस्त्र सेना र इस्लामाबादमा टर्की दूतावाससँग नजिकको समन्वयमा काम गर्दै टर्कीएका जनताका लागि राहत कार्यहरु गर्न सोमबार राति विशेष पाकिस्तान वायुसेनाको विमानमार्फत सहायता दलहरू अडाना, टर्कीए उडेको आईएसपीआरले जनाएको छ ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स ‘पीआईए’ को एक विमान १५ टन सहयोग बोकेको र राज्य आर्थिक संगठनका कर्मचारीहरू सहितको ५० सदस्यीय सदस्य मंगलबार टर्की प्रस्थान गरेको सरकारी कार्यालयले जानकारी दिएको छ ।

विमान लाहोरबाट इस्तानबुलसम्म १५ टन मानवीय सहायता पनि लैजानेछ । सहयोगमा जाडो टेन्ट, कम्बल र अन्य अत्यावश्यक सामुग्रीहरु सामेल हुनेछन्। फेब्रुअरी ८ देखि, प्रत्येक दिन १५ टन मानवीय सहायतासहित पीआईएको उडान पाकिस्तानबाट टर्किए र सिरिया पठाइने विज्ञप्तिमा जनाइएको छ ।

गत सोमबार गएको ७.८  भूकम्पमा चार हजारभन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । पाकिस्तान स्वास्थ्य मन्त्रालयको टोली पनि दुई देशको लागि प्रस्थान गर्ने बताइएको छ ।


104
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता