हलेसी तुवाचुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १६:४१:५३
२६ माघ, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित खेलमैदानमा बुधबारदेखि ३० स्वर्ण पदकका लागि प्रतियोगिता सुरु गरिएको हो । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले उद्घाटन गरेकी छन् ।
प्रतियोगितामा छात्राछात्रतर्फ एथलेटिक्सको १३र१३ स्वर्ण, छात्राछात्र भलिवलमा एकरएक र छात्राछात्र कबड्डीमा एकरएक स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने नगरपालिकाका सितोरियो कराते प्रशिक्षक मिलन कसजुले बताए । प्रतियोगीताका स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल र प्रमाण–पत्र पाउनेछन् ।
प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण विधामा विजेता बन्ने विद्यालयले रनिङ शिल्ड पाउने नगरपालिकाले जनाएको छ । प्रतियोगीतामा १२ वटा सामुदायिक र एक निजी माविको सहभागीता रहेको छ । प्रतियोगीता उद्घाटनका क्रममा विद्यार्थीले मार्च पास गरेका थिए । च्यास्मीटार माबिका विद्यार्थीले मार्च पासबाट नेपालको राष्ट्रिय झण्डाको स्वरुप बनाएर प्रदर्शन गरेका थिए ।
केन्द्रबाट प्राप्त भएको एक लाख अपुग भएपछि नगरपालिकाले थप चार लाख व्यवस्था गरेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन–जान र अन्य व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको कसजूले बताए । दुरीको आधारमा विद्यालयलाई ३० हजारदेखि ५० हजारसम्म खर्च उपलब्ध गराइएको छ ।
प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछन् । नगरस्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोश्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेकोे थियो । विगत दुई वर्ष गरिएको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेश्रो संस्करणमा सतप्रतिशत विद्यालयको सहभागीता रहेको मेयर राईले बताइन् ।
मेयर बिमला राईको अध्यक्षतामा भएको नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य वजिमय, उपमेयर रमेशकुमार राउत, वडाध्यक्ष, राजनीतिक दल, प्रधानाध्यापक, बुद्धिजीवी लगायतको उपस्थिति थियो ।
खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउन नगरपालिकाले तीन वर्षअघि फुटबल र करातेको प्रशिक्षक नियुक्ती गरेको थियो । नगरपालिकाको विभिन्न स्थानमा फुटबल र करातेको प्रशिक्षण भइरहेको छ । चालू आर्थिक वर्ष २०७९र०८० मा एकजना मुवाथाई पनि प्रशिक्षक नियुक्ती गरिएको मेयर राईले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा
बैशाख २५, २०८१ मंगलबार
टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने
बैशाख २३, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार