१६ चैत्र २०७९, बिहीबार

संसारकै सबैभन्दा मूल्यवान साँढेको वीर्य

प्रकाशित मिति :  २६ माघ २०७९, बिहीबार १३:१७


२६ माघ, एजेन्सी । संसारकै सबैभन्दा मूल्यवान साढेको वीर्य लाखौँ रुपैयाँमा बिक्री भएको छ । समाचार एजेन्सीका अनुसार सात वर्षको साँढेको वीर्य करिब ३२ लाख रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । राेचक कुरा त के छ भने याे साँढेकाे वीर्यको एक थोपाले एक दर्जन बाछो उत्पादन गर्छ ।

अष्ट्रेलियाको नर्थ क्विन्सल्याण्डका किसान मार्क र पाम प्रिचर्डले आफ्नो फार्ममा पालेका गाईहरूका लागि कृत्रिम गर्भाधान तर उत्तम वीर्यको खोजीमा थिए । त्यहीँ क्रममा उनीहरूले Big Country Brahman Sale मा एउटा साँढेको १० नली वीर्य कुल २४ हजार डलरमा खरिद गरे । त्यसक्रममा प्रतिनली २४ सय डलर मूल्य परेको छ ।

सन् २०१७ मा वीर्य करिब चार करोड ३० लाख ‘३ लाख २५ हजार डलर’ रुपैयाँ ऐतिहासिक मूल्यमा बिक्री भएसँगै त्यो साँढे चर्चामा आएको थियो ।

पशु प्रजनन कम्पनी Elrose Brahman Stud का सञ्चालक रोजर र लरिना जेफरिजले उक्त साँढे खरिद गरेका थिए । उक्त साँढे त्यतिबेलाको सबैभन्दा महँगो कीर्तिमानी साँढे बनेको थियो । एजेन्सी


234
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा