१९ चैत्र २०७९, आईतवार
दुर्घटना/मृत्यु

पोखरामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रकाशित मिति :  २६ माघ २०७९, बिहीबार १४:१७


सांकेतिक तस्बिर

२६ माघ, पोखरा । बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा स्कुटर चालक रेजिना आचार्यको मृत्यु भएको छ । बिहीबार बिहान पोखरा ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा चालक २७ वर्षीया आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कस्कीले जाएको छ ।

आचार्य पोखरा बुद्धचोकबाट पृथ्वीचोक तर्फ आउने क्रममा उनले चलाएको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा गम्भीर भएकी थिइन् ।

उद्धार गरी पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउने क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।


0
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा