१९ चैत्र २०७९, आईतवार

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विघटन

प्रकाशित मिति :  २६ माघ २०७९, बिहीबार १४:४१


२६ माघ, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन भएको छ । राष्ट्रिय सम्मेलन भएको १७ महिनामै संगठन विघटन भएको हो । सम्मेलनले नसकेपछि पार्टी केन्द्रबाट संगठन अध्यक्ष बनेकी पञ्चा सिंह पूरै समय विवादमा तानिइन् ।

उपाध्यक्ष पवन कार्कीले समानान्तर कमिटी र बैठक चलाउँदै आइरहेका थिए । कार्की समूहले सिंहमाथि आर्थिक हिनामिनाको आरोपसमेत लगाउँदै आएको थियो ।

विवाद चुलिएका कारण चैतमा हुने स्ववियु निर्वाचनमा संगठनलाई असर पुग्ने देखिएपछि विघटन गरिएको हो । तर माओवादी केन्द्रले विद्यार्थी मोर्चामा समस्या देखिएको भन्दै त्यसलाई हल गर्न पञ्चा सिंह नेतृत्वको कार्यसमितिलाई विघटन गरेको जनाएको छ ।

माओवादी केन्द्रका एक नेताले छिट्टै बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियू चुनावमा लाग्ने हालै सम्पन्न स्थायी कमिटी बैठकले निर्णय गरेको बताए ।

स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन सम्मेलन गर्ने तयारी पार्टीले गरेको छ । त्यसनिम्ति छिट्टै आयोजक कमिटी गठन गर्ने भएको छ । आयोजक कमिटीको नेतृत्व आफूहरुले गर्ने दाबी कार्की समूहका नेताहरुले बताएका छन् ।


52
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा