१७ चैत्र २०७९, शुक्रबार

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकिकृत कारोबारको सुरुवात

प्रकाशित मिति :  २९ फाल्गुन २०७९, सोमबार १६:३४


२९ फागुन, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भई आजदेखि एकिकृत निर्जीवन बीमा कारोबार शुरू भएको छ । आजबाट मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू भएको हो ।

एकिकृत कारोबार पश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय नक्सलामा रहने छ । बीमा प्राधिकरणले फागुन १६ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले संयुक्त मर्जर कमिटिको फागुन २४ गतेको बैठकले फागुन २९ गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो ।

दुई कम्पनी विच १०० बराबर ८० को अनुपातमा मर्जर भएको हो । मर्जरपछि सगरमाथा लुम्बिनीको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुग्नेछ ।

मर्जरपछि संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३÷३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।


117
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा