१७ चैत्र २०७९, शुक्रबार

शेयरबजारमा दोहोरो अंकको ओरालो, एनआईसी एसिया शीर्ष स्थानमा

प्रकाशित मिति :  १ चैत्र २०७९, बुधबार १६:०२


१ चैत, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबारबार शेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । शेयरबजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.०३ अङ्कले घटेर ३६५ विन्दुमा पुगेको छ। यसअघि मंगलबार भने शेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको थियो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाखभन्दा बढीको कारोबार भएको छ।

यता १३ उपसुचकहरुका मध्ये ट्रेडिङ सुचक बाहेक सबै कम्पनीमा ओरालो लागेको छ । आजको कारोबारमा युनिक नेपाल लघुवित्त र सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यि कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा