दुधौलीमा डिजिटल प्रणालीबाटै जग्गा नापीको काम
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार १७:३७:२०
२ चैत, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकाले जग्गाको नापीको काम डिजिटल प्रणालीबाट सुरु गरेको छ । नगरपालिकाले डिजिटल प्रणालीको प्रयोग गरेर नापीको काम थालिसकेको भूमि आयोग सिन्धुलीकी सदस्य इन्दिरा निरौलाले जानकारी दिइन् ।
उनका अनुसार भूमि आयोगको समन्वयमा नगरपालिकाले अव्यवस्थित र भूमिहीन दलित सुकुम्बासीहरुलाई लालपुर्जा दिने काम गरिहरेको छ । अहिले नगर क्षेत्रमा २ वटा मेसिनमार्फत जग्गा नापीको काम भइरहेको उनले बताइन् ।
गत सातादेखि वडा नं। १० को वंशेबाट सुधारिएको प्रविधि प्रयोग गरेर नापीको काम सुरु गरिएको र अहिले जग्गा नाप्ने काम तीव्र रुपमा अघि बढेको नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले बताए ।
उनले भने, ‘नगरपालिकाले भूमिहीनका समस्यालाई चाँडै नै हल गर्नेछ । कम्प्युटरमा ईन्ट्री गर्ने र प्रविधिकहरुले जग्गा नापी गर्ने कार्य नगरपालिकाले गराइरहेको छ ।’
नगरपालिकामा ११ हजारले लालपुर्जा उपलब्धताका लागि आवेदन दिएका छन् । तिमध्ये ४ हजार ३०० जनाको कम्प्युटरमा ईन्ट्री गर्ने कार्य सकिएको भूमि ईकाई प्रमुख मल्लवलाल अधिकारीले बताए ।
पछिल्लो समय नगरपालिकाले डिजिटल प्रणालीबाट नापी गर्न सहज गराउने वडा नं. १२ १३ र १४ बाहेकका वडाहरुमा राखिसकेको पनि भूमि ईकाई शाखाले जनाएको छ । वडा नं. १२ १३ र १४ मा भूगोलका कारण अरु प्रणालीमार्फत् नापी गर्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नं. १० का ५४ जनाले चाँडै नै लालपुर्जा पाउने भएका छन् । नगरपालिकाका अन्यलाई पनि लालपुर्जा दिलाउन तिव्र रुपमा काम अघि बढाइएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
साउन ११, २०८१ शुक्रबार
बागमतीमा मन्त्रालयको भागबण्डा नमिल्दा विथोलियो मन्त्रीको शपथ
साउन १०, २०८१ बिहिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
तरकारी खेतीबाट नाम र दाम दुवै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा परेकामध्ये ११ जनाको शव परिवारले लगे, विदेशीसहित ७ जनाको बाँकी
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
साउन १२, २०८१ शनिबार
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
साउन १२, २०८१ शनिबार
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
साउन १२, २०८१ शनिबार