१७ चैत्र २०७९, शुक्रबार

शेयरबजार ५.३२ अंकले ओरालो, १ अर्बभन्दा बढीको कारोबार

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार १५:५६


२ चैत, काठमाडौं । साताको अन्तिम कारोबार शेयरबजारमा बिहीबार ओरालो लागेको छ । नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको छ । १ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ ।

बिहीबार ३४ लाख २ हजार २७६ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता, एनआईसी एसिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यसको बिहीबार करिब ५ करोडको कारोबार भएको छ । यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ । बिहीबार १३ उपसुचकहरुमा ४ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाकी सबै कम्पनी राताम्मै भएको छ ।


130
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा