१७ चैत्र २०७९, शुक्रबार

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १३:३८


३ चैत, मोरङ । आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका(१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


78
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा