१७ चैत्र २०७९, शुक्रबार

चुरेबस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १५:३२


३ चैत, दोधारा चाँदनी । कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए । “यहाँका खानेपानीको ट्याङ्की बन्न लागेको चार/ पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन”, उनले भने, “खानेपानी नहुँदा गाईवस्तु पाल्नसमेत मुस्किल परेको छ ।” उनले यहाँको मुक्तकमैया शिविरमा झन् समस्या परेको बताए ।

खोलाबाट आएको दुई/तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनले बताए । “जेठ/असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ”, उनले भने, “पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ ।” पान्ी भर्नका लागि यहाँका साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताए । “पानीको अभावले खेतबारी सबै बाँझो छ गाईवस्तु पाल्न सकेका छैनौँ”, उनले भने, “खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता ।” उनले यहाँ मुक्तकमैया पुनस्र्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताए ।

पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताए । “हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भए पनि उब्जनी गर्ने थियौँ ।” उनले भने, “नजिकै खानेपानीको ट्याङ्की बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ ।” बेदकोट नगरपालिका–२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपान्ी योजना अन्तिम चरणमा रहेकाले नायँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताए ।

“यहाँ बहुवर्षीया खानेपानी आयोजना भएकाले जति बजेट आयो त्यति मात्रै काम हुन्छ”, अध्यक्ष सिंहले भने, “बजेटअनुसार उपभोक्ता समितिले काम गर्ने भएकाले केही समय लागेको हो ।” उनले सङ्घीय सरकारको बहुवर्षे खानेपानी आयोजनाअन्तर्गत यहाँ रु १० करोड लागतमा खानेपानी योजना सम्पन्न हुन लागेको बताए । “अहिले पाइप बिछ्याउने काम अन्तिम चरणमा छ, नयाँ वर्षदेखि उपभोक्ताले खानेपानी पाउँछन्”, उनले भने, “यो योजना बनेपछि यहाँ रहेको खानेपानीको समस्या समाधान हुन्छ ।”


117
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा