महासचिवका उम्मेदवार उत्तम केसीले सार्वजनिक गरे प्रतिबद्धता
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार २३:५४:४
३ चैत, काठमाडौं। यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा महासचिवका उम्मेदवार उत्तम केसीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।
उनले राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आफ्ना प्रतिबद्धता सार्ववनिक गरेका हुन्। उत्तम केसी संगै कार्यक्रममा उपाध्यक्ष तेज कुमारी खतिवडा ९तेजुला० ले पनि आफ्नो उमेद्वारी संगै आफ्नो प्रतिबद्दता सार्वजनिक गरिन्।
खतिवडाले आफु कुनै पनि प्यानलमा नभई स्वतन्त्र रुपमा आफुहरुले उमेद्वारी दिएको बताए। संघमा आफु काम गर्ने र कलाकारको हकहितको लागि अघि बढ्ने प्रतिबद्दता गरिन्।
उत्तम केसीले संघमा हाल देखा परेका बेथिति, विकृति, विसङ्गतिलाई पन्छाउँदै स्वच्छ, सफा, हराभरा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् भने अग्रज कलाकारहरूदेखि नवकलाकारहरू सबैलाई संघभित्र आवद्धता हुने वातावरण तयार पारी संघको गरिमा बढाउन काम गर्ने योजना बनाएको बताए ।
२०५३ सालमा बसुन्धरा भुसाल नेतृत्वमा कार्यसमिति सदस्य, २०६५ सालमा रमेश बुढाथोकी नेतृत्वमा सह–कोषाध्यक्ष, २०६९ नवल खड्का नेतृत्वमा सचिव तथा नेपाल सरकारको प्रशासनिक क्षेत्रमा ३३ वर्ष कार्य गरेका केसीले सात बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफूलाई महासचिव पदमा विजयी गराइदिन अपिल गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार